१२ कार्तिक २०८३, बुधबार

 

ढोरपाटनमा आगलागि हुँदा ३० घर जले, २३ घर सेनाले जोगायो

बागलुङको ढोरपाटन नगरपालिका–९ ढोर (नवि)मा आईतबार विहान भिषण आगलागि हुँदा ३० घर जलेर नस्ट भएका छन । रातको करिव दुई बजेतिर घरबाट सल्किएको आगोका कारण ३० घर जलेका छन् । सँगै जोडिएका २३ भने घर नेपाली सेनको हनुमानध्वज गण गुल्मबाट पुगेको टोलीले बचाउन सफल भएको छ । त्यस्तै सोनाले ढोरपाटन शिकार आरक्षमा आगो लाग्नबाट समेत बचाएको छ ।

आगो आईतबार बिहान ८ बजेमात्रै नियन्त्रणमा लिन सकिएको हनुमानध्वज गुल्मका ईन्द्र शाहीले बताए । उनका अनुसार अनुसार अचानक एक घरबाट सल्किएको आगोले क्रमश संगै जोडिएका घरहरु जलेर नस्ट भएका छन् । आगलागि कस्ले र किन लगाएको खुल्न सकेको छैन । उक्त स्थानमा काठको फ्ल्यागले छाएका फल्ले घर र ढुंगाले छाएका घरहरु रहेका थिए ।

स्थानीय घरधनी चैत्रदेखि कार्तिक महिनासम्म उक्त स्थलमा बस्ने गरेपनि चिसो बढ्दै जाँदा चिसो छल्न बोबाङ, अधिकारीचौर गाउँमा झर्ने गर्छन् । दुई चार जना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर झरेका उनीहरुको घरसहित घरभित्र राखिएको लत्ताकपडा, अन्नपात सबै जलेर नस्ट भएको बताईएको छ ।

ढोरपाटन प्रहरीचौकी समेत बोबाङ झरेका कारण बस्तिनै सुनसान रहेको अवस्थामा अचानक लागेको आगलागीले ठुलो रुप लिन पुगेको स्थानीयले वताएका छन् ।

घटना स्थलदेखि करिब ३ किलोमिटर टाढा रहेको सेनाको टोलीले आगो लागेको थाहा पाएपछि गुल्मका गुल्मपति रविजंग खड्काको कमान्डमा खटिएको १ सय २३ जनाको टोलीले आगो निययन्त्रणमा लिई क्षेती हुनबाट जोगाएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung