१२ कार्तिक २०८३, बुधबार

 

वन्दीका लागि कारागारमै पुगेर ध्यान शिविर

ओशो अमृतम ध्यान केन्द्र बागलुङले बागलुङ कारागारका वन्दीहरुका लागि सातदिने ध्यान शिविर आईतबारदेखि सुरु गरेको छ । विविध कारणले जेल जीवन विताईरहेका वन्दीहरुको तनाव व्यवस्थापन, आत्मबोध तथा शारिरिक र मानसिक शुद्धिकरणको लागि ध्यान शिविर सुरु गरिएको केन्द्रका सञ्चालक आत्मो ज्योत्स्नाले जानकारी दिईन् ।

ध्यान शिविरको सुरुवात गर्दै प्रतिनिधि सभाका सदस्य मनकुमारी केसीले शिविरबाट भरपुर फाईदा लिन सहभागिलाई आग्रह गरिन् । ‘भुलवस, संयोगवस या कुनै त्रुटिले अहिले तपाईहरु कारागारमा हुनुहुन्छ,’ केसीले भनिन्, ‘यो समयलाई पश्चात्ताप गरेर खेर फाल्नु हुँदैन । आफुलाई सुधारेर असल मान्छे बनाउनेतर्फ सोच्नुपर्छ । हाम्रा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पनि १४ वर्षसम्म तपाईहरु जस्तै जेलमा वस्नुभएको हो । उहाँले त्यसबेला आफ्नो अध्ययन र चिन्तन मनन् लाई फराकिलो पर्नु भयो । तपाईहरुले पनि यसरी नै आफूलाई परिस्कृत गर्दै लैजानुस् ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक रेग्मी, प्रहरी नायब उपरिक्षक बालनरसिंह राणा लगायतको उपस्थिती थियो । शिविर एक हप्तासम्म प्रत्यक दिन विहानको समयमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

शिविरमा रजनिस ओशोले मन शुद्धिका लागि प्रतिपादन गरेका सक्रिय ध्यान र शरिर शुद्धिको लागि प्रतिपादन गरेका योगको विभिन्न प्रविधि बारे सहजिकरण र अभ्यास गरिने सञ्चालक ज्यत्स्नाले जानकारी दिएकी छन् ।

‘२१ औँ सताब्दीका लागि ध्यान, प्रेम र उत्सवको स्मृति गराउने प्रिय सत्गुरु ओशो तथा उहाँमा धन, मन र प्राण अर्पण गर्नुभएका बोधिशत्व स्वामी आनन्द अरुणको प्रेरणाबाट हामीले यस्ता कार्यक्रम गर्ने गरेका छौँ,’ ज्योत्स्नाले भनिन् ।’

एक दशकदेखि ओशो दर्शनलाई बागलुङमा प्रबद्र्धन गर्दै आएकी ज्योत्स्नाले बागलुङ बजारमा नियमित रुपमा योग तथा ध्यान शिविर पनि सञ्चालन भईरहेको जानकारी दिईन् । फोटो: मञ्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung