७ जेष्ठ २०८१, सोमबार

 

सिवाईसीको साधारण सभा वक्ताहरुले गरे सिवाईसीका कामको प्रशंसा

चारतारे युवा क्लव सिवाईसी नेपालको २७औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । बृहत ¥याली सहित गल्कोट बजार परिक्रम गरी गल्कोट नगरपालीका वडा नं. ३ हटिया बजारमा रहेको गल्कोट बहुमुखी क्याम्पसमा सम्पन्न साधारण सभाको उद्घाटन गल्कोट नगरापालिकाका प्रमुख भरत शर्मा गैरेले गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख गैरेले आर्थिक समृद्धि र विकासको लागि स्थानीय सरकारले गैरसरकारी संघसंस्था तथा सम्पूर्ण सरोकारवालासँग मिलेल काम गर्ने बताए । उनले स्थानीय जनताको जिवनस्तिर सुधारका लागि स्थानीय सरकारले लिएको नीतिलाई सहयोग पुग्ने गरि गैरसरकारी संस्थाले काम गर्नुपर्ने बताए ।

अधिवक्ता एवं सिवाइसी नेपालका संरक्षक पद्मनाथशर्मा पौडेलले संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रमले दुरदराजमा रहेका महिला दिदीवहीनीहरुको आर्थिक, सामाजिक र साँस्कृतीक विकासमा महत्वपूर्ण योग्दान पु¥याएको बताए । बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले अहिलेको सरकार सुखी नेपाली, समृद्ध नेपालको साझा लक्ष्य लिएर आफ्ना नीति तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । जैमीनी नगरपालिका प्रमुख ईन्द्रराज पौडेलले सिवाईसी नेपालले लघुवित्तको माध्यमवाट महिला दिदीबहीनीमा जागरण फैलाउँदै वित्तिय स्वतन्त्रता निर्माणमा सहयोग पुराएको बताए ।

निसीखोला गाउँपालीका अध्यक्ष तारानाथ पौडेल, काठेखोला गाउँपलिका अध्यक्ष अमर थापा र ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले स्थानीयतहमा कार्य गर्ने संस्थाहरुको व्यवस्थापन गर्ने जिम्मेवारी वर्तमान समयमा स्थानीयतहलाई भएकाले संस्थाहरुसंग सहकार्य गरी अघि बढ्न आफुहरु ईच्छुक रहेको बताए ।

सो अवसरमा गल्कोट नगरपालिका उपप्रमुख रेनुका काउचा, नेपाल कम्युनिष्ट पार्टीका नेता तीलक उप्रेती, नेपाली काँग्रेसका जिल्ला सदस्य फमवहादुर खत्री, राजमोका. नेता टंकवहादुर के.सी., सिवाईसी नेपालका सल्लाहाकार समाजसेवी देववहादुर श्रेष्ठ, गै.स.स महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, नेपाल रेडक्रम सोसाईटी गल्कोट शाखाका सभापती कृष्णप्रसाद गौतम, साधारण सभा तयारी समितिका संयोजक टुककुमारी श्रेष्ठ, सिवाईसी साकोस हटिया सदस्य सेवा केन्द्रका संयोजक रामवहादुर खत्री, शाखा कार्यालयहरुको तर्फवाट भोर्लेटार शाखाका सदस्य सरला वि.क., महिलाउद्यमी सदस्यहरुको तर्फवाट बुर्तिवाङ शाखाका केशकुमारी बुढा, सम्पूर्ण सदस्यहरुको तर्फवाट तम्घास शाखाका सदस्य अनीषा के.सी. पुरुषउद्यमी सदस्यहरुको तर्फवाट बागलुङ शाखाका चन्द्रवहादुर छन्त्याल लगाएतले शुभकामना मन्तव्य राखेको थिए ।

साधारण सभाका अवसरमा समाजिक क्षेत्रमा योगादन पुराउने व्यक्तित्वलाई प्रदान गरिने सिवाईसी समाजसेवा पुरस्कारबाट समाजसेवी देववहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मानकै क्रममा संस्थाका २१ वटा शाखाकार्यालयहरु मध्येवाट उत्कृष्ट शाखको रुपमा हटिया शाखा, संस्थाका सदस्यहरुको छोरा छोरीहरु मध्येवाट एस.ई.ई. परीक्षामा उत्कृष्ट अंकल् याउन सफल ६ जना विद्यार्थिहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सचिव विरवहादुर किसानबाट प्रस्तुतआ.व. ०७४।०७५ को प्रगती र आ.व. ०७५।०७६ को प्रस्तावित नीति तथा कार्यक्रम र संस्थाका कोषाध्यक्ष विमला गुरुङबाट प्रस्तुतआ.व. ०७४।०७५ को आर्थिप्रगती र आ.व. ०७५।०७६ को प्रस्तावित आयव्यय विवरण बन्दसत्रमा छलफल भई पारीत गरिएको छ ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाकाउपाध्यक्ष लक्ष्मण खड्का र सञ्चालन सचिव विरवहादुर किसान र सहसचिव गण्डकी थापा अधिकारीले गरेका थिए ।

मानवीय श्रोतको उच्चतम परिचालन भएको स्वस्थ, सामाजिक, आर्थिक, शिक्षित, स्वावलम्वि र आत्मनिर्भर समाज निर्माण गर्ने परिकल्पनाका साथ २०४९ सालमा जिल्ला स्थित तित्याङको सानो भुगोलबाट स्थापित संस्था हालसम्म आईपुग्दा २ हजार भन्दा वढि आजीवन, विशिष्ट र ३८ हजार सहयोगि सदस्यहरु माझ फैलीएको छ । संस्थामा हाल २१ वटा शाखा कार्यालय, १३० जना पूर्णकालीन कर्मचारी, ५८ करोड बचत, ८७ करोड लगानीमा रहिरहेको ऋण र १ अरब भन्दा वढिको कुल सम्पत्ती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्