कन्चनपुरकी १३ बर्षीय किशोरी निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले चार जनालाइ नियन्त्रणा लिएको छ । बुधबार काठमाडौँबाट एक र महेन्द्रनगरबाट तीन जनालाई अनुसन्धानका आधारमा पक्राउ गरेको हो ।
काठमाडौँबाट हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावललाइृ पक्राउ गरेको छ ।
भने अन्य तीन जनालाई महेन्द्रनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू सबैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ ।
केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए ।
चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदीपलाई काठमाडौंमा र अरूलाई महेन्द्रनगरमा समातिएको प्रहरी स्रोतले जनाएको छ ।



















































































































































































































