१२ कार्तिक २०८३, बुधबार

 

सडक छेउको ट्रान्सफर्मरले बढायो जोखिम

टान्सफर्मर भएको हुदाँ जोखिम बढेको हो । नेपाल बिद्युत प्राधिकरणको व्यवास्ताले कुनै समय उक्त स्थानमा ठुलै दुर्घटना हुने देखिएको छ ।
मध्यपहाडी लोकमार्गमा कालोपत्रे भएसँगै सवारी साधनको गति तिब्र हुने र उक्त स्थानमा घुम्ती पर्नेहुदाँ सडकको छेउमै भएको टान्सफर्मरमा ठोकिने प्रबल सम्भावना भएको स्थानिय चिराग रानाले बताए ।

टान्सफर्मर छेउबाट दैनिक सयौँ मानिसहरु आवतजावत गर्ने गर्छन् । बढि मात्रामा बिद्यार्थीहरु आवतजावत गर्ने हुदाँ बाटोमै भएको टान्सफर्मरमा छुने सम्भावना देखिएको छ । आफूहरुले पटक पटक यस बिषयमा आवाज उठाए पनि सुनुवाई नभएको स्थानियको भनाई छ । बिहुँमा भएको दुर्घटनाको समयमा गलकोट नगरपालिका वाड नम्बर–९ बासखोलाको टान्सफर्मर चर्चामा आए पनि त्यसको व्यवस्थापनतर्फ कसैको ध्यान पुग्न नसकेको स्थानियको भनाई छ ।

वाड अध्यक्ष तेजबहादुर थापाका अनुसार अनौपचारिक रुपमा टान्सफर्मर सार्ने बिषयमा नोलाईट कार्यालय हटियामा कुराकानी भएको छ । अब तत्कालै निवेदन सहित जाने कार्यालय जाने तयारीमा आफू रहेको थापाले बताए । बाँसखोलावासीसँगै मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्रुका लागि समेत टान्सफर्मरले जोखिम बढाएको छ ।

यता गलकोट हटियाको प्रहरी चौकि नजिकै रहेको टान्सफर्मरमा समेत जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung