१२ कार्तिक २०८३, बुधबार

 

लाँकुरिबोट सुब्जागाउँ घैयाखानी सडक उद्घाटन: ‘जनताको खुशी मेरो पनि खुशी’–नेपाली

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर–६ लाकुरीबोटदेखि सुब्जागाउँ हुदैँ घैयाखानीसम्मको मोटरबाटो उद्घाटन गरिएको छ ।आर्थिक वर्ष २०७५–७६ मा ढोरपाटन नगरपालिकाबाट विनियोजित ४ लाख र स्थानीयले जुटाएको चन्दा र जनश्रमदान गरी कुल ११ लाख ११ हजार ७५ रुपैयाँ लागतमा सडक निर्माण भएको हो । मोटरबाटोको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले रिबन काटेर उद्घाटन भएको घोषणा गरे ।

कार्यक्रममा नेपालीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विकासको काममा सबै एकजुट भई अघि बढ्नुपर्ने बताए । उनले सुब्जागाउँ र घैयाखानीबासीको खुशी आफ्नो पनि खुशीको क्षण रहेको बताए । ‘यो ठाउँ भौगोलिक, साँस्कृतिक रितिरिवाज र भाषाका कारण होमस्टे सञ्चालन गरि पर्यटक भित्राउन सकिने सम्भावना रहेको ठाउँ हो,’ उनले भने, ‘विकासको आधाभूत पूर्वधार यातायातको सहज पहुँचको व्यवस्था गर्न सकियो भने यहाँका जनताको आम्दानी बढाउन सकिन्छ, यसका लागि निकट भविष्यमै यो सडक कालोपत्रेको गरिनेछ ।’

मोटरबाटो ढोरपाटन नगरपालिका वडा नम्बर–६ को लाकुरीबोट, सुब्जागाउँ हुदैँ घैयाखानी, बराहताल, म्याग्दीको गुर्जाघाट, छेन्टुङ भएर ढोरपाटनसम्म पुराउने लक्ष्य छ । आफ्नो ठाउँमा मोटरबाटो पुगेपछि स्थानीयवासी निकै खुशी देखिन्थे । स्थानीयले नगरप्रमुख नेपालीको सम्मानका लागि बाजाघाजा सहित अबिर फुल मालाले स्वागत गरेका थिए ।

वडा नम्बर–६ का वडाअध्यक्ष जिबन कुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा दिपक कुमार छन्त्यालको स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम उपभोक्ता समितिका सचिब सुनिल कुमार घर्ति मगरले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung