१२ कार्तिक २०८३, बुधबार

 

हटिया खरको छानामुक्त

गलकोटको हटियालाई खरको छानामुक्त बनाउने महत्वाकांक्षी योजना सफल भएको छ । गलकोट नगरपालिका वाड नम्बर ३ हटियाका २४ घरपरिवारलाई जस्ता पाता बितरण गरेसँगै वाड नम्बर ३ हटिया खरको छानामुक्त वाड भएको हो ।

सामाजिक बिकास अन्तर्गतको योजनामा समावेश गरिएको वाड स्तरिय बिपन्न परिवारलाई जस्ता बितरण कार्यक्रमलाई नगरपालिकाबाट गत बर्ष र यस बर्ष गरि कुल ६ लाख बजेट बिनियोजन भएको वाड अध्यक्ष बिरजङ भण्डारीले बताउनुभयो । वाडले नीतिगत रुपमा गरिएको सो निर्णयलाई कार्यान्वयन गर्न सफल भएको अध्यक्ष भण्डारीको भनाई छ ।

हटियाको बोहोराफाँट, बराहाथान, कोटमैदान, स्याला लगायतका ठाउमा भएका बिपन्न परिवारलाई जस्ता पाता बितरण गरिएको वाड सदस्य झहर बहादुर खत्रीले बताउनुभयो । यस बर्ष जस्ता पाता पाउनेहरुमा नेत्र बहादुर पुन, राम बहादुर गाईने, मिना परियार, रिता दर्जि, अमृता बिक, रमेश दर्जि, कोपिला नेपालि, जग बहादुर दमाई, मिन बहादुर दर्जि, तुल बहादुर सार्की रहनुभएको छ ।

त्यस्तै वाडभित्र भएका खरको घरमा सञ्चालित आरन पेसा संरक्षण गर्ने गरि होम बहादुर बिक, ठक बहादुर बिक र हिम बहादुर बिकलाई समेत जस्ता पाता बितरण गरिएको अध्यक्ष भण्डारीको भनाई छ ।

अध्यक्ष भण्डारीका अनुसार ‘खरको छानका कारण आगलागी जस्ता प्राकृतिक प्रकोपको जोखिम बढी हुन्छ ।’ वाडले खरको छाना हटाउने कार्य्विधि बनाएर काम अगाडि सारेको थियो । कार्य्विधिमा खरको छाना विस्थापित गर्न चाहने घर धनिलाई वाडले निःशुल्क टिनको व्यवस्था गर्ने उल्लेख गरिएको थियो । टिन छाउने खर्च तथा श्रमदान भने स्वयं घरधनीले गरेका हुन ।

अधिकांश दलितले खरको छानो भएका घरमा बस्दा विभिन्न समस्या भोग्दै आएकाले उनीहरुलाई खरमुक्त घर निर्माणमा टेवा पु¥याउन जस्ता वितरण गरिएको भण्डारीको भनाई छ । वर्षौंदेखि सञ्चालन गरेको आरन व्यवसाय पनि नियमित गराउनका लागि जस्तापाता उपलब्ध गराई सहयोग गरेको भण्डारीले बताउनुभयो ।

उनीहरुको आय आर्जनमा वृद्धि गर्नका लागि र उनीहरुले गर्दै आएको आरन व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गराउन वाडले जस्तापाता वितरण गरेको वाड सदस्य बेल बहादुर बोहोराले बताउनुभयो । आयस्रोत न्यून भएका र वर्षाको समयमा उनीहरुले गर्दै आएको पुख्र्यौली व्यवसायलाई नियमित सञ्चालन गराउनका लागि निःशुल्क रुपमा पाता वितरण गरिएको अध्यक्ष भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung