१२ कार्तिक २०८३, बुधबार

 

मेयरले नै गरे कृषि र महिला विकास कार्यालय कब्जा

तत्कालिन जिल्ला कृषि बिकास कार्यालय बागलुङ नगरपालिकाले कब्जा गरेको छ । अहिले यो कृषि ज्ञान केन्द्र पर्वतको सम्पर्क कार्यालय बनेको थियो । गत साउनदेखि यो कार्यालय कृषि ज्ञान केन्द्र पर्वतको सम्पर्क शाखाका रुपमा रहेको थियो । यहा“ ३ कर्मचारी मात्र कार्यरत थिए ।

नगर प्रमुख जनकराज पौडेलको नेतृत्वमा कार्यालय पुगेका जनप्रतिनिधि र कर्मचारीले कार्यालय कब्जा गरेका हुन् । शुक्रवारदेखि नियमित सेवा संचालन गर्ने गरी नगरपालिकाले कार्यालय कब्जामा लिएको हो । कार्यालयमा लगाइएको ताला फोडेर कार्यालयले बोर्ड टा“सेपछि शुक्रवारदेखि नियमित काम शुरु हुने पौडेलले प्रतिक्रिया दिए ।

‘कार्यालय टाढा भएकोले जनताले दुःख पाएका थिए, अब मुख्य बजारमै रहेर काम गर्छौ’ पौडेलले भने, ‘जनतालाई सहज सेवा दिने गरी काम हुनेछ ।’ नगरपालिका हालको वडा नं. ३ स्थित रातमाटामा थियो । सारिएको स्थान मुख्य बजार रहेको वडा नं. २ मा हो ।

ज्ञान केन्द्र प्रमुख एवं बरिष्ठ कृषि बिकास अधिकृत बासुदेव रेग्मीले यो निर्णय हतारको भएको टिप्पणी गरेका छन् । ‘मन्त्रालयले सम्पर्क कार्यालय राखेर काम गर्न भन्ने, स्थानीय तहले कब्जा गर्ने हामी चेपुवामा परेका छौं’ रेग्मीले भने,

‘जनताको हितका लागि भवन प्रयोग हुनु राम्रो भएपनि निर्णय गराएर जा“दा राम्रो हुने थियो ।’ जिल्ला समन्वय प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रहेको समितिले सबै सरकारी सम्पत्तिको अध्ययन र प्रतिवेदन तयार गरेपछि खाली भएका भवनको लागत अनुसारै सारिएको पौडेलको दावी छ ।

कब्जा शैलीमा कार्यालय सारेर पुराना कागजात हिनामिना गर्दा राज्यकै सम्पत्ति नष्ट हुने रेग्मीको टिप्पणी छ । ‘कृषि मन्त्रालयका महत्वपूर्ण कागजातहरु अहिले यहीं संरक्षित छन्’ उनले भने, ‘ती कागजात र तथ्यांक सुरक्षित गर्न नसके ठूलो क्षति हुन्छ ।’ उक्त भवनमा नगरपालिकाको कृषि बिकास शाखाको बोर्ड पनि टांगिएको छ ।

नगरप्रमुखकै नेतृत्वको टोलीले बिहिवारै तत्कालिन महिला तथा बालबालिका कार्यालयपनि कब्जामा लिएको छ । यो कार्यालयमा उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समिति तथा महिला तथा बालबालिका ईकाई राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung