१२ कार्तिक २०८३, बुधबार

 

विहान घरबाट निस्केका बालक खोलामा डुवेको अवस्थामा मृत भेटिए, एक महिलाको लडेर मृत्यु

बागलुङमा भएका दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक महिलाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–८ तित्याङमा रहेको शिवालय मन्दिर नजिकैको डिलबाट लडेर एक महिलाको मृत्यु भएको हो । गलकोट घर भई हाल पोखरा महानगरपालिका–१० राम बजार बस्ने २७ वर्षीय सिता कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी अहिले तित्याङकै मनकामना मन्दिरमा बसेर हात हेर्ने र शिवालय मन्दिरमा पुजारीको काम गर्दै आएकी थिईन् । कपडा उठाउने क्रममा झुक्किएर लडेपछि उनको मृत्यु भएको बागलुङ प्रहरीका प्रवक्ता डिएसपी बालनरसिंह राणाले बताए ।

त्यस्तै निसीखोला गाउँपालिका–२ खाडुका ज्ञानबहादुर घिमिरेका ८ वर्षीय छोरा लोकबहादुरको खोलामा डुबेर मृत्यु भएको छ । बिहान घरबाट निस्केका उनको बेलुका चार बजेको समयमा निसीखोलाको तालमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung