प्रायः सेलिब्रेटीका लागि आम मानिसमा हुने कुराले कुनै असर गर्दैन। तर, पोर्न स्टार हुँदै बलिउड स्टार बनेकी सन्नी लियोनलाई यस्ता केही कुराले निकै सताउँछ।
उनकाअनुसार केही यस्ता कुरा छन्, जसले उनलाई अति नै चोट पुर्याउने गर्छ।
बेलाबेला लैंगिकवाद र अपमानजनक टिप्पणीको शिकार भइरहने लियोनलाई गलत कुरा भाइरल बन्दा निकै रिस उठ्ने गर्छ। हालसालै दिएको एक अन्तर्वार्तामा लियोनले भनेकी छन्, ‘जहिल्यै नकारात्मक कुरालाई किनारा लगाउने प्रयास गर्छु, तर केही कुरा यस्ता हुन्छन् जसलाई चाहेर पनि पन्छ्याउन सक्दिनँ।’ आफू पनि एक मानिस भएको र आफ्ना पनि भावनाहरु भएको उनको भनाइ छ।
मिडियामा आफूबारे भ्रमपूर्ण समाचार आउने गरेको बताउँदै उनले मिडियाप्रति असन्तुष्टि पोखेकी छन्। आफूले विगतलाई बिर्सिएर बलिउडको सफल यात्रा तय गरेको भए तापनि बेलाबेला विगतका नकारात्मक कुरा उठाएर आफ्नो मनोबल गिराउने काम भएको प्रति लियोनीले आक्रोश पोखेकी हुन्।
















































































































































































