बागलुङ । ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपालीले कालीगण्डकीको तिरदेखि ढोरपाटनको शिरसम्म बिकास गर्नुपर्ने अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् ।
धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मेयरले शिक्षा र स्वास्थ्य नै प्रमुख चुनौतीका रुपमा रहेको बताए । उनले आगलागीमा क्षति पुगेको नबी गाउँ को ४८ घर लाई नमुना बस्ती बनाउने योजना बनाएको योजना रहेको समेत बताए ।
अहिले सरकारले गर्नुपर्ने काम धेरै भए पनि साधन र स्रोतको कमिले जनताको अपेक्षा पूरा गर्न भने गाह्रो भएको मेयरले जिकिर गरे ।
समाजमा सबैभन्दा ठूलो कुरा चेतना भएको तर चेतनाको लागि शिक्षा नै प्रमुख कुरा भएकोले जनतालाई शिक्षा दिन आफुले शिक्षक राखेर काम गरिएको मेयर नेपालीले बताए ।
आफु नगरपालिकामा निर्वाचित भएदेखि एक रूपैयाँ पनि सेवा सुबिधा नलिएको गाडीको सेवा समेत आफुले ब्यक्तिगत चलाइरहेको उनले दाबी गरे ।
तुरतुरेताल संरक्षण गर्न नगरपालिका लागि परेको यो ताल पहिला समस्या देखिएको तर अहिले बर्दान साबित भएको नेपाली बताए ।
अहिले जताततै होटल तथा रेस्टुरेन्टमा ढिडो खाने चलन बढेको तर गाउँ घरमा कोदो फलाउने कृषकको संख्या कम हुदै गएको कारणले नगरपालिकाले अनुदान दिएर कोदो खेती तर्फ लगाएको उनले बताए ।
धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लबका सदस्य प्रदीप पन्तले धन्यवाद ज्ञापन र संचालन क्लबका सदस्य कोपिला कडेलले गरेका थिए ।



















































































































































































































