१२ कार्तिक २०८३, बुधबार

 

कालिका पुरस्कारबाट बागलुङका दुई पत्रकार पुरस्कृत

कालिका भगवती मन्दिर ब्यबस्थापन समिति बागलुङले कालिका पत्रकारिता पुरस्कार २०७४ बाट बागलुङ जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई सम्मान गरेको छ ।

गुठीले नेपाल टेलिभिजनका सम्बादाता किरण आचार्य र रेडियो नेपालका जिल्ला सम्बादाता कोपिला कडेललाई नगद ५ हजारसहित प्रमाण पत्र दोसल्लाले कालिका पत्रकारिता पुरस्कार २०७४ ले सम्मान गरेको हो ।

कार्यक्रममा संघिय सांसद डाक्टर सुर्य पाठकले अहिले पत्रकारले गरेको खोज पत्रकारिताको कारण अहिले राज्यको मासिक ३० औ लाख जोगिएको बताए । अहिले राज्य बाट डबल सेवा सुबिधा लिनेको संख्या बढी रहेको थियोे अहिले भने त्यो रोकिनु सकारात्मक कदम भएको पाठकले बताए ।

बागलुङ पर्यटन क्षेत्रको लागि राम्रो गन्तव्य भए पनि यहाँ पर्यटन को लागि बस्ने खाने राम्रो बाताबरण हुन नसक्दा पर्यटक भित्र्याउन समस्या भएको पाठकले बताए । पुरानो ढंगले अब जिल्ला समृद्ध हुन नसक्ने नयाँ ढंगले अगाडि बढ्न जरुरी रहेको पाठकले भने ।\

कार्यक्रममा प्रदेश सांसद इन्द्रलाल सापकोटाले बागलुङ जिल्ला लाई समृद्ध बनाउन लगानी कर्ताले पर्यटन तान्न सक्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए । बागलुङको पन्चकोट भकुण्डेमा केबल कार राख्ने लगानी कर्तालाइ प्रोत्साहन दिन जरुरी भएको सापकोटाले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मी बाँसकोटा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरिष पुरस्कृत पत्रकार कोपीला कँडेल, किरण आचार्यले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको अध्यक्षता कालिका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता स्वागत कोषाध्यक्ष निशान खड्का संचालन गुठीका प्रेस संयोजक राजेशचन्द्र राजभण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung