पर्वत । पोखरा बागलुङ मध्यपहाडी राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
सडक फराकिलो र स्तरउन्नतीका लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड आज देखि दैनिक ६ घण्टा बन्द गरिएको हो ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने कास्की र पर्वतको सिमाना अँधेरीखोला देखि डिमुवाबजार सम्म दैनिक ६ घण्टा बन्द गरिने भएको हो । बिहान १० बजे देखि साँझ ४ बजे सम्म सडक बन्द हुने भएको हो ।
राजमार्गको बैकल्पिक मार्गका रुपमा दोबिल्लादेखि ठुलीपोखरी हुँदै आर्थरको अधेरीनेटाबाट स्याङ्जाको फुलबारीमा निस्केर पोखरा जान सकिने छ । उक्त रुट मध्यपहाडी मार्गभन्दा झण्डै १५ किलोमिटर बढी रहेको छ ।



















































































































































































































