बाग्लुङ जिल्लाको काँठेखोला गाउंपालिका बिहुकोट वडा ५ (साबिक वडा ७ मौर्भिर) मा बस्ने पदम बहादुर सापकोटा भूकम्प पीडितको लाभग्राहीमा परेका छ्रैनन् । उमेरले ६४ बर्ष लागेका उनको जग्गाको नाम त्यही घर भएको सानो टुत्रा घडेरी र सानो खरबारी मात्रै छ ।
०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पले उनको घर पूर्णरुपमा क्षतिग्रस्त छ । अहिले अर्केको कटेरोमा बास बस्दै आएका सापकोटाको पीडा घर कहिले र कस्ले बनाइदिने हो भन्ने नै छ ।
भूकम्प पीडितको लाभग्राहीमा परेकाहरुले पहिलो, दोस्रो र तेस्रो किस्तासमेत लिएर आफ्नो घर बनाइसकेका छन् तर उनको भने भूकम्प पीडितको नाम लिष्टमा नै नाम समावेश छैन । जसका कारण उनी भन्छन् ‘दुखिको पीडा हेर्ने कोही भएन् । सरकारले घर बनाइदिन्छ रे भने, गाउँगाउँमा घर हेर्न पनि आए तर मेरो घरको कसैले पनि हेरेनन र वास्था पनि गरेनन् ।’
पदम बहादुरको सम्पत्तिको नाममा त्यही एउटा घर थियो । त्यही घर पनि चर्केर चिरा चिरा पर्यो । उनले भने कस्ले बनाईदिने सरकारले बनाईदिन्छ भन्ने सुनेको पनि यतिका समय भयो तर मेरो घर बनाउनको लागि कसैले चाँसो देखाएन । दिन दुखि र गरिबका लागि सरकार पनि छैन गाउँमा ठुलाबडा र पहुँचवालकै घरहरु परेका बने । मेरो कटेरोको बास भयो ।
आफ्नो पक्ष मा बोलिदिने कोहि नभएकाले आफु अरुले घर बनाउदासम्म टुलुटुलु हेरेर बस्नु सिवाय केही विकल्प नभएको उनको भनाई छ ।
त्यती बेला तत्कालिन वडा नागरिक मंन्च र गाबिस सचिव नेपाल प्रहरी लगायत अन्य गन्यमान्यहरु र पहुँचवालाहरुले घर देखाएर भूकम्प पीडितका रुप रकम बुझिसके कतिले घर बनाए तर उनी त्यही चिरा परेको घर हेर्दै बस्दै आइरहेका छन् ।
आखिर म गरिब भएकै कारण र पहुँच नहुनाले त होला मेरो घर भूकम्पले ध्वस्त पार्दा समेत मेरो नाम भूकम्प पीडितको लाभग्राहीमा परेनन उनले भने ।
यसै बिषय वडा अध्यक्ष शिव कडेंलले आफूहरुले उक्त घर निर्माणको बारेमा विकल्प खोजिरहेको बताए ।
२८३ जना भूकम्प पीडित रहेको गाउँपालिकाका कतिले पहिलो, दोस्रो र तेस्रो किस्ता लिए भन्ने बारेमा आफूलाई केहि जानकारी नभएका गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । उनले प्रशासकिय अधिकृतसँग बुझ्न आग्रह गरे । प्रशासकिय अधिकृत खिम विकलाई सम्पर्क गरी बुझ्न खोज्दा उनले आफू कार्यक्रममा रहेको भन्दै भूकम्प पीडितको तथ्याङ्क र लाभग्राहीको विवरण दिन आनाकानी गरे ।



















































































































































































































