बागलुङको ढोरपाटनमा बन्ने भनिएको ८ सय २८ किलोवाट क्षमताको उत्तरगँगा जलाशय युक्त जलविधृत आयोजनाको बिययमा बुर्तिबाङमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
लामो समयसम्म बिद्युत आयोजना निर्माण चरणमा जान नसक्नु र आयोजना बागलुङमै बन्ने वा पाँच नम्बर प्रदेशको रुकुममा बन्ने बिषयमा अन्यौल भईराखेको अवस्थामा उत्तरगँगा पावर कम्पनीकोतर्फदेखि अन्तरक्रिया गरिएको हो ।
करिब दुई खर्वमा निर्माण हुने भनिएकोे आयोजनाको पाचौँ बर्षसम्म सक्नेगरी नेपाल सरकारले उपलब्ध गराएको सर्वेक्षण लाईसेन्स आगामी असार मसान्तसम्ममा सकिने भएका कारण आफुहरुले सक्रिय पूर्वक आयोजनाको पहिचान, फिजिवीलिटी अध्ययन, आयोजना बन्ने आधिकारीक क्षेत्रको विषयमा अध्ययन भइरहेको उत्तर गँगा जलाशय युक्त जलविधुत आयोजनाका प्रमुख कार्यकारी अधिकृत राजबहादुर बिष्टले बताए ।
उनले आगामी असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी अन्तिम तयारी भएका बताए । आयोजना निर्माण सुरु हुनु अगावै मुआव्जा पाउने र स्थानियले कुल लगानीको १० प्रतिशत सेयर समेत राख्न पाउने व्यवस्था रहेका उनले बताए ।



















































































































































































































