१२ कार्तिक २०८३, बुधबार

 

धर्म प्रचार गर्नेको गलकोटमा विगविगी, स्थानीय सरकारले चाल्यो यस्तो कदम

गलकोटमा धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्न गलकोट नगरपालिका ३ अग्रसर देखिएको छ । गलकोटमा खुलेको सच्चाईको सत्संगले धर्म परिवर्तन गर्नका लागि विभिन्न किसीमका रोगहरु निको पार्ने भन्दै भ्रम छर्न थालेको भन्दै वडा कार्यालयले आगामी दिनमा गलकोटमा यसलाई सञ्चालन नगर्न निर्देशन दिएको छ ।

गलकोट हटियामा गत २०७३ सालदेखि सन्चालित सच्चाईको सत्संग नामक संस्थाका संयोजक नुतन घर्तीले महिला तथा पुरुषहरुलाई जम्मा गरी गवाई, बचन र भजन कीर्तन गरेर रोग निको पार्ने दाबी गर्दै आएकी थिइन । सत्संगका सहभागीले गवाई, बचन तथा भजन कृतन गरिरहँदा यशु, पिता, परमेश्वरको नाम लिईरहन्थे । सहभागीहरुलाई बाईवल समेत बितरण गरिदै पढाउदै आईरहेकोको थियो ।

त्यस्तै सहभागीहरुबाट आफनो ईच्छा अनुसारको दान उठाउने समेत गरिएको छ । आफूसँग भएको रकम अरुलाई नदेखाई दान उठाउने ब्यक्तिको झोलामा खसाले आफुले चिताएको कुरा पुग्ने, कुनै रोग लागे निको हुने भन्ने अन्धबिश्वास समेत छरिएको छ । झोलामा जम्मा भएको रकम पोखरामा भएको कार्यालयमा पठाउने गरिएको घर्तिको भनाई छ ।

गलकोट नगरपालिका ३ को नेतृत्वमा प्रहरी, हटियाका बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दल र पत्रकारसहितको रोवहरमा उक्त झोलामा भएको रकम हेर्दा २७ सय जम्मा भएको थियो ।

गलकोट नगरपालिका वाड नम्बर ३ का अध्यक्ष भण्डारीले आगामी हप्तादेखि गलकोटमा धर्म प्रचारको नाममा खोलिएको यस संस्था बन्द गर्न निर्देशन दिएका छन् । उनले फेरी पनि यसरी नै भ्रम छर्दै स्थानीयलाई जम्मा गरेको देखे धर्म परिवर्तनसँग सम्बन्धित कानुनी कारवाही गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung