सचिन्द्र श्रेष्ठ| नेपाली पप संगीतमा छुट्टै छाप पार्न सफल गायक नबीन के भट्टराईको स्वरमा आफ्नो नया गीत सार्बजनिक गरेका छन। प्रेमभाव बोल्ने गीतमा सरद राज मैनालीको गीत तथा संगीत रहेको उक्त गीतमा युबराज खत्रीले सम्पादन गरेका छन।
संजय भट्टराई , प्रकृति कंडेल र समी श्रेष्ठको अभिनय देख्न सकिने उक्त भीडियोलाई सरद राज मैनाली ले निर्देसन,दीपेश सिंह को संगीत संयोजन ,डि. ओ. पि. युस ढकालले गरेका छन।
रूपा मैनालीको प्रस्तुति रहेको गीतलाई फुर्सद टि.भी. ले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो।
















































































































































































