१२ कार्तिक २०८३, बुधबार

 

ताराखोलामा आगो ताप्ने क्रममा जलेर ३ जनाको मृत्यु

बागलुङ । ताराखोला गाउँपालिका ४ मा आगो ताप्ने क्रमममा आगोलागी हुदाँ तीन जना बालकको मृत्यु भएको छ ।

आगो ताप्ने क्रममा मंगलबार यामबहादुर खत्रीको दुई तले खरको गोठमा आगलागी भएको हो । आगलागीमा स्थानीय रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिलबहादुर घर्तीको ६ वर्षीय छोरी ऋतु रोका र ४ वर्षीय छोरा आयुष रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

आगो तीन घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung