१२ कार्तिक २०८३, बुधबार

 

पत्रकारलाई नियुक्ति पत्र लिएर मात्रै काम गर्न संचार केन्द्रको सुझाब

बागलुङ । पत्रकारहरुलाई आफूले काम गर्ने संचारमाध्यममा नियुक्ति लिएर मात्रै काम गर्न संचार केन्द्र पोखराले सुझाब दिएको छ । बागलुङमा जिल्लामा रहेका पत्रकारहरुसँग संचार क्षेत्रमा बिद्यमान ऐन कानुन र नियम सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सुझाब दिएको हो ।

पत्रकारहरुको पारिश्रमिक तोकिए अनुसार नपाएको गुनासो आइरहेको बेलामा संचार केन्द्रले आफू बलियो भएर मात्रै संबन्धीत संचार संस्थामा काम गर्न पत्रकारहरुलाई सुझाब दिएको हो ।

संचार केन्द्र पोखराको आयोजना नेपाल पत्रकार महासंघ जिल्ला समिति बागलुङको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा सुचना केन्द्र पोखराका केन्द्र प्रमुख तुलसी आचार्यले अहिले भएको ऐन कानुन नियम लाई पत्रकारले पालना गर्नुपर्ने बताए ।

जिल्लामा संचार माध्यम चलाउदा के कस्तो ऐन कानुन नियम अपनाउनुपर्छ पत्रकारको भुमिका के कस्तो हुनुपर्छ भन्ने बारे आचार्यले जानकारी गराएका थिए । कार्यपत्र प्रस्तुत गर्दै आचार्यले सबै पत्रकार बौद्धिक वर्ग भएपनि आफै समस्यामा परेको भन्दै उनले समस्याको निदानको लागि आफै लाग्नुपर्ने बताए ।


गण्डकी प्रदेशको प्रेस पास नविकरण गर्ने बर्गिकृत विज्ञापनको भुक्तानी समेत सहज रूपमा  पाउने ब्यवस्था मिलाएको यसले यस क्षेत्रका संचार माध्यम र संचारकर्मिलाई लाई फाइदा पुगेको समेत आचार्यले बताए ।

कार्यक्रममा बिज्ञापन समानुपातिक बितरण प्रणाली सम्बन्धी निर्देशिका २०६९ अनुसार कार्यविधि अनुसार कार्यविधि बनाएर तत्काल लागू गर्नुपर्ने संचार माध्यममा कार्यरत श्रमजीवी पत्रकारलाई नियुक्ति नलिइ काम लगाउने परिपाटीको अन्त्य हुनुपर्ने संचारकर्मिलाई ऐनअनुसार तोकिएको पारिश्रमिक उपलब्ध गराइनुपर्ने कुरा समेत अन्तरक्रियामा छलफलका विषय बनेका थिए ।


कार्यक्रम नेपाल पत्रका महासंघ गण्डकी प्रदेशका सदस्य संगम घर्ती मगर, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष बिजय राना, नेपाल पत्रकार महासंघका सल्लाहकार कोपिला कडेल, पत्रकार किरण आचार्य, पत्रकार तारानाथ आचार्य, पत्रकार प्रदिप पन्त, सुबास गौतम लगायतका पत्रकारले सल्लाह र सुझाव राख्दै अहिले आएको सामाजिक संजालले पत्रकारलाई चुनौति आएको धारणा राखेका थिए ।


कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष स्वागत सहसचिव नवीन शिशिर बिक र संचालन सचिव राम थापा अबिरलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung