
बागलुङ । ‘यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ,’ गलकोट नगरपालिका वाड नम्बर १० पाण्डवखानीका ८२ बर्षिय यमबहादुर काउचाले भन्नुभयो, ‘विकास देख्न पाइयो ।’ विकासबाट वञ्चित पाण्डवखानी सडकसँग जोडिएपछि गाउँभरि खुसी छाएको छ । पाण्डवखानीमा गलकोट हटियादेखि केहि बर्ष पहिले मोटरबाटो पुगे पनि आवतजावतमा समस्या थियो । नगरगौरवको आयोजना अन्तर्गत बिनियोजित ५० लाख बजेटबाट अहिले हटियादेखि पाण्डवखानीसम्म ट्याक्सी चल्न सक्ने सडक बिस्तार भएको छ ।
‘गाउको सडक कहिले ब्यवस्थित होला भन्ने लाग्थ्यो,’ स्थानीयवासी काउचाले भन्नुभयो ‘अहिले त पाण्डवखानी गाउँको मुहार फेरियो, विकासको मेरुदण्ड सडक आयो ।’ सडकलाई उत्पादन र आर्थिक गतिविधिसँग जोड्नुपर्ने स्थानिय समाजसेबि मानसिह छन्त्यालले बताउनुभयो । नगरगौरवको आयोजना अन्तर्गत बिनियोजित ५० लाखमध्ये २० लाख बजेटले सडक चौडाई गर्ने र ३० लाखले नालि कटान सँगै सडक ब्यवस्थित गरिने वाड अध्यक्ष तिलक घर्तिले बताउनुभयो ।
अहिले पाण्डवखानीको फेडिखर्क देखि सुनपानी सम्मको सडक सम्माउने काम सम्पन्न गर्दा ५, ६ लाख खर्च भएको घर्तिको भनाई छ । सडकलाई नालि सहित ८ मिटर बनाउने, ८ सय मिटर पक्की नालि र बाकिमा कच्चि नालि रहने गरि काम तिब्र पारिएको घर्तिले बताउनुभयो ।
पाण्डवखानीेको बिकासको मरुदण्ड सडक भएका कारण आफनो कार्यकाल सम्म सके सम्म कालोपत्रे गर्ने नत्र ग्राबिलसम्म भएपनि सडकलाई स्तरउन्नती गर्ने योजना रहेको घर्तिको भनाई छ । सडकले गर्दा पाण्डवखानीका करिब ५ सय २० घरपरिवार सँगै बडिगाड गाउपालिकाका खोलाखर्क, भेडिखोर, फोर्सा, पुरानो गाउका स्थानिय समेत प्रत्यक्ष लाभाम्बित बनेका अध्यक्ष घर्तिले बताउनुभयो । उहाँले भन्नुभयो सड्क नपुग्दा यस क्षेत्रका स्थानियलाई हिड्नुपर्ने बाध्यता थियो ।
गलकोटको हटिया सम्म पुग्न ३ देखि ४ घण्टा हिड्नुपर्ने बाध्यता थियो । स्थानिय कुल बहादुर काउचा भन्नुभयो –‘सड्कले स्थानियमा खुसीयाली छाएको छ ।’ गाउँवासीको विकासको सपना पूरा भएको उहाँले प्रतिक्रिया दिनुभयो् । उहाँले सडकसँगै अन्य विकासका पूर्वाधार निर्माणमा गाउँले एकजुट हुनुपर्ने बताउनुभयो ।
मोटरबाटोका लागी हामी केन्द्र र प्रदेश सरकार सँग पनि पहल गरेका छौ अध्यक्ष घर्तिले भन्नुभयो । नगरगौरवको आयोजना अगामि बैशाख सम्म सक्ने योजना छ । अहिले पाण्डवखानीबाट नियमित १०, १५ वटा जिप, ट्याक्टरहरु चल्ने गरेका छन । मोटरबाटोले पाण्डवखानीमा भएका पर्यटकिय क्षेत्रमा पर्यटन आवागमनमा सहजता हुने वाड अध्यक्ष घर्तिले बताउनुभयो । सिद्धथान, घुम्टे लगायतका ठाउमा पुग्ने पर्यटकलाई मोटरबाटोले सहयोग गर्ने स्थानियको भनाई छ ।
सडक सञ्जाल ब्यवस्थित नहुदाँ पाण्डवखानी भित्रैका बासिन्दाहरु उच्च शिक्षाका लागि बागलुङ, पोखरा, काठमाण्डौ जस्ता सहरहरुमा जानुपर्ने बाध्यता थियो । सडक सञ्जालको बिस्तार भएका कारण हटिया सम्म आउनका लागी जम्मा २ घण्टा लाग्ने भएपछि सहजता भएको छ ।
गाउँमा उच्च शिक्षाका लागि कलेज नहुँनु र उचित सडक सञ्जाल नुहुँदा त्यहाँका धेरै बिद्यार्थी उच्च शिक्षा पाउँन बाट बञ्चित समेत बनेका थिए । आर्थिक अबस्था कम्जोर भएकाले पनि बजारमा भाडामा बसेर पढ्न सक्ने अबस्था हुँदैन् । त्यसपछि उनीहरुको रोजगारको गन्तब्य विदेश हुन्छ । मोटरबाटोले उनिहरुलाई सहजता प्रदान गर्ने अध्यक्ष घर्तिको भनाई छ ।
सडकले गर्दा पाण्डवखानीबासीलाई स्वास्थमा समेत सहजता भएको छ । पाण्डवखानीबासी
आफ्नै साबिकको गाबिसका प्रथामिक स्वास्थ्य चौकी पुग्न दुई÷तीन घण्टा हिड्नुपर्छ । सडक बिस्तार नहुँँदा बिरामीलाई मान्छेले बोकेर हटिया ल्याउनु पर्ने अवस्था
थियो । अति संबेदनशी, छिट्टै अस्पताल पु¥याउनु पर्ने बिरामीको बाटोमै मृत्यु हुने अबस्था थियो । अहिले सडकले गर्दा बिरामीलाई समयमै अस्पताल ल्याउन सहज भएको छ । अब पाण्डवखानीमा आबश्यक परेको बेला सहजै एम्बुलेन्स पुग्न समेत सक्ने बाटो भएको छ । सडक सञ्जाल नपुग्दा सम्म अकालमा मृत्युहुनुको संख्या घट्ने देखिएको छ ।
ग्रामिणका हरेक क्षेत्रमा सडक सञ्जालको बिस्तार सँगैे प्रसस्त मात्राको रोजगारको पन शिर्जन हुने वाड अध्यक्ष घर्तिको भनाई छ । स्थानीय उत्पादन बजारमा ल्याउने देखी बजारबाट आबश्यक सामाग्री घरसम्म लैजान सहज भएको पत्रकार सुरेश छन्यालले बताउनुभयो । स्थानीय उत्पादनलाई बजारीकरण गर्न सक्ने भएपछि पाण्डवखानी वाड समृद्धि र बिकासको बाटोमा अगाडि बढ्ने वाड कार्यालयले जनाएको छ । अध्यक्ष घर्तिका अनुसार मोटरबाटोको सहज पहुज सँगै स्थानियलाई कोदो र मकै उत्पादनतर्फ अग्रसर बनाउने बताउनुभयो । पाण्डवखानीलाई आलु पकेट क्षेत्रको रुपमा समेत समावेश गरिएको छ ।