गलकोट नगरपालिकाका नगर कार्यपालिका सदस्य विरजंग भण्डारीले गलकोट नगरपालिकाको समृद्वि गर्न कृषि र पर्यटन क्षेत्रको विकास गर्नु पर्ने बताएका छन् ।
समृद्वि युवा कल्व गलकोट नगरपालिका ७ मल्म भल्साङको चौंथो वार्षिकोत्सव तथा माघे संक्रान्ती मेला २०७५ को उदघाटन गर्दै यस्तो बताएका हुन् ।
गलकोटमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकोले युवाहरुलाई यस तर्फ आकर्षित गर्न अब गुरु योजना निर्माण गर्नु पर्ने भण्डारीको भनाई छ ।
त्यसको लागि वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका गलकोटेहरु सॅग सहकार्य गरिने बताउनु भयो । सो अवसरमा गलकोट नगरपालिका ७ का कार्यबहाक अध्यक्ष लोक बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।

नेपालीको गर्व, माघे संक्रान्ति पर्व, वारी घुम्टे पारी गाजा हामी सबैको शान, खेलकुद कला संस्कृति, समृद्वि युवा कल्वको पहिचान भन्ने भन्ने मुल नाराका साथ हिजो देखि सुरु भएको मेलामा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, तातो चिया पिउने प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।
मेलामा चन्दादाता, प्रायोजक लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम समृद्वि युवा कल्व गलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष टोप बहादुर थापाको अध्यक्षता कोषाध्यक्ष लक्ष्यमण खत्रीको स्वागत मन्तव्य र सचिव प्रदिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































