१२ कार्तिक २०८३, बुधबार

 

मालढुंगामा बस दुर्घटना: ४ जानको मृत्यु ३६ जना घाइते

पर्वत — बेनीदेखि नारायणगढ हिडेको ग १ ख ६१०८ नम्बरको बस पर्वतको कुश्मा नगरपालिका १ मालढुंगामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३६ घाइते छन् ।

पर्वतको कुश्मा–१ मालढुङ्गामा दुर्घटनाग्रस्त बस र उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सर्वसाधारण । तस्बिर: अगन्धर तिवारी/कान्तिपुर ।
सडकदेखि साठीमिटर तल कालीगण्डकी नदीमा खस्दा तीनजनाकाेघटनास्थलमैर एकको अस्पतालमा मृत्यु भएको हो।प्रहरीका अनुसार मृत्यु हुनेमा एक महिला र ३ पुरुष छन् ।

उनीहरुको ठेगाना पहिचानभएको छैन ।बेनीस्थित बस काउण्टरबाट १४ जनाको टिकट काटेर छुटेको बसमा ३९ जना यात्रु भएको अनुमान प्रहरीले गरेको छ । पर्वतका ट्राफिक प्रहरी इन्चार्ज रामकृष्ण गौलीका अनुसार घाइते ३६ जनालाई घटनास्थलबाट उद्धार गरि उपचारका लागि बाग्लुङ अस्पताल लगिएको छ । सबैजसो घाइतेहरुको टाउको, हात र खुट्टामा बढी चोट लागेको छ ।

घाइतेहरुलाई धौलागिरी अञ्चल अस्पतालमा प्राथमिक उपचार पछि पोखरा र काठमाडाैं पठाउने क्रम चलिरहेको छ। गम्भिर घाइतेलाई हेलिकोप्टरबाट काठमाडाै‌ं पठाइएको छ। केहीलाई पोखरा पठाइएको प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ९ बजे पर्वतको डिमुवामा सडक अवरुद्ध हुने भएपछि सो समयअगावै डिमुवा कट्नेगरि बसको गति बढी भएका कारण दुर्घटना भएको हो । तर, दुर्घटनाको एकिन कारण खुलेको छैन

२५ सिटको बसमा क्षमता भन्दा बढी यात्रु चढाएको पाइएको छ । घटनास्थलमा पर्वत, म्याग्दी र बाग्लुङका सुरक्षाकर्मी र सर्वसाधारण उद्धारमा खटिएका थिए । दुर्घटनाकाे यथार्थ बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung