बागलुङ – गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेतलाई कुटपीट गर्ने प्रहरी जवानहरुलाई कारवाही हुने जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दिपक रेग्मीले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको भन्दै उनले जवानमाथि विभागीय कारवाहीदेखि लिएर घटनाको ठोस प्रमाण आइसकेपछि प्रकृति हरेर कारवाही हुने बताए ।
प्रहरी चेकिङमा थियो उनीहरु रक्सी खाएर आएको देखियो, त्यसपछि तँतँ र मम हुदाँ हुँदै झगडा भएको देखिएको छ एसपी रेग्मीले भने । पुरानो रिसिबी साँध्न घटना घटाइएको भए त्यही अनुसारको कारवाही हुने रेग्मीले बताए ।
कुटपिटमा संलग्न प्रहरी जवानहरुको कुरा सुनियो अब घाइतेको कुरा बुझ्न बाँकी छ । घाइतेको उपचार भइरहेकोले प्रारम्भीक जानकारी अनुसन्धान मात्रै भएको छ बाँकी अनुसन्धान हुदाँ साथ सत्यतथ्य बाहिर आउने उनको तर्क छ ।

प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाले कुटपीट गरेपछि बस्नेत गम्भीर घाइते भएका थिए । बस्नेतको पिसाब नली फुटेको छ । कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ ।
स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निर्घात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।



















































































































































































































