५ जेष्ठ २०८१, शनिबार

 

मलेशियामा छुरा प्रहार गरि एक नेपाली सुरक्षागार्डको हत्या एक घाइते

मलेशिया,माघ ६। रोजगारीका लागि मलेशिया पुगेका ललितपुरका इन्द्र तामाङको सनिवार राती हत्या भएको छ।
मलेसिया को राजधानी केपोङ्ग स्थित एउटै कम्पनीमा कार्यरत म्यानमार र नेपाली कामदार बिच विवाद हुँदा छुरा प्रहार बाट एक नेपालीको मृत्यु भएको छ भने एक नेपाली सख्त घाइते भएका छन।

मृत्यु हुनेमा ललितपुर कोन्चेसोम गाउपालिका ३का इन्द्र तामाङ रहेका छन भने झापाका लाल बहादुर लिम्बू सख्त घाइते भएका छन्। घाइते लिम्बुलाई राती नै स्थानीय अस्पताल भर्ना गरिएको। छुरा प्रहार गर्ने म्यानमारका नागरिक भने फरार छन् ।

मृतक तामाङ अपार्टमेन्टमा सुरक्षागार्ड थिए। नेपाली र म्यानमार नागरिक बिच झगडा भएपछि भएपछि तामाङ छुट्याउन पुगेका भएपनी उनिहरु लाई छुट्याउनु खोज्दा छुरा प्रहार बाट उनको घटनास्थलमै मृत्यु सोही कम्पनीमा कार्यरत नेपालीहरुले बताएका छन्।

घटना बारे स्थानीय प्रहरी र मलेशिया स्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ भने घटनाको पूरा बिवरण आउन बाकि छ

 

प्रतिक्रिया दिनुहोस्