१२ कार्तिक २०८३, बुधबार

 

जनता कुट्ने प्रहरीमाथि छानविन शुरु

बागलुङ । गलकोटको हटियामा गत आईतबार घटेको घटनालाई राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशले छानविन गर्ने भएको छ ।
आयोगले राष्ट्रिय मिडियामा घटनाको बिषयमा समाचार देखेका आधारमा आफुले छानविन शुरु गरेको जनाएको छ । आयोगका गण्डकी प्रदेश अधिकृत ज्योतिप्रसाद घिमिरे र मोहन काफ्लेले गलकोटका सरोकारवाला, पिडित पक्ष र पिडक पक्षको सुझाव संकलन गरेका छन् ।

हामीले सबै पक्षको सुझाव संकलन गरेर नेपाल सरकारलाई सिफारिस गर्छौ अधिकृत घिमिरेले भन्नुभयो । यस्ता खाले मानव उल्लङ्घनसम्बन्धि घटनालाई आयोगले बढि प्राथमिकताका साथ हेर्ने गरेको छ उनले भने ।


मानवअधिकारकर्मीसँग गलकोटका राजनैतिक दल, जनप्रतिनिधि, स्थानिय, पत्रकार सहितको छलफल कार्यक्रममा अधिकृत घिमिरेले घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दिपक रेग्मीसँग समेत छलफल भएको बताउदै घटनामा दोषिलाई कानुन अनुसारको कारवाहीका लागि आयोग गहिराईमा पुग्ने बताउनुभयो ।

मानवअधिकारकर्मीले घटनामा संग्लङ्न बिकि गैरे र कृष्ण खत्रीको भनाई लिएका छन् । त्यस्तै उनिहरुले ईलाका प्रहरी कार्यालयमा रहेका प्रहरी जवान प्रेम सिंह बिष्ट र बुद्ध थापाको समेत भनाई लिएका छन् ।

प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत गम्भिर घाईते बन्नुभएको थियो । घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उहाँकी श्रीमती कृष्णकुमारी बस्नेतले जानकारी दिनुभयो । गत आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्ट अघि बस्नेत माथिकुटपिट गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung