बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ६ टापुमा जीप दुर्घटना भएको छ ।
आज विहान काठेखोलादेखि दूध बोकेर बागलुङ बजार आउँदै गरेको ग १ ज ६६४६ नंब्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा ७ सात जना घाइते भएको काठेखाला गाउँपालिका ५ का वडा अध्यक्ष शिवप्रसाद कडेँलले जानकारी दिए ।

उनका अनुसार सुमन कडेँल, सन्दिप सापकोटा, सन्तोष कडँेल, अर्जुन सुवेदी , मनिषा सापकोटा घाइते भएका छन् । घाइतेको उपचार जिल्ला अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
जीप सडकदेखि ७ मिटर तल खेतमा पल्टिएको छ । गाडीको पाइराइट भाँचिएका कारण दुर्घटना भएको बुझिएको छ ।



















































































































































































































