बागलुङ– स्थानीय तहको प्रमुखमा निर्वाचित भएपछि अधिकांस नगर प्रमुख र गाउपालिका अध्यक्षहरुले सबारी साधन खरिद गरेर आ“फै चढेका छन्, तर ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले आफ्नै व्यक्तिगत सवारीमा यात्रा गर्छन् ।
व्यक्तिगत सवारी चढ्ने मात्र नभई उनले अहिले सम्म तलब भत्ता पनि खाएका छैनन् । बरु सार्वजनिक कार्यक्रम, समस्यामा परेका समुदाय र शिक्षा र स्वास्थ्यमा समस्या भोगेका व्यक्तिलाई सहयोग गरिरहेका छन् । नेपालीले नगरपालिका लाई राजनीतिक अखडा र भ्रष्ट्राचारबाट बचाउन राज्यको सम्पत्ति नखाएको दावी गरे ।
सुशासनका लागि आ“फैबाट थालनी गरेको समेत नेपाली बताउ“छन् । ‘मैले आ“फू तलब भत्ता लिन्न र राजनीतिक रुपमा भेदभाव पनि गर्दिन’ नेपालीले भने, ‘जनताको आ“खाको आ“सु पुछ्न आएको हु“,केही परिवर्तन गरेर देखाउ“छु ।’ नेपालीले नगरपालिकाको नवी बस्तीमा आगोलागीले जलेका ४८ घर जस्तापाताले छाईदिने घोषणा गरेका छन् ।
त्यस अघि उनले तुरतुरेमा खसेको पहिरोले खोला थुनिएपछि बनेको तालले पुरिएका दुइवटा घर र दुइ गोठ पनि व्यक्तिगत रुपमा बनाईदिने घोषणा गरेका छन् । आफ्नो कार्यकाल भित्र खर्च अभावमा झुपडीमा बस्न बाध्य घरलाई जस्तापाता पु¥याउने उनको योजना छ । अहिले सम्म उनको एकल खर्चमा ४ सय ६१ घरमा जस्तापाताले छाईसकिएको हो । आगोले नष्ट भएको नवी गाउ“मा एउटै मोडल, एउटै छाना र एकएक पाहुना कोठा बनाउन लगाएर होमस्टे संचालन गर्ने उनले बताए ।
बुर्तिवाङ स्थित निसीभुजी जनता क्याम्पसलाई स्मार्ट बनाउने अभियानमा उनले एक्लै २१ लाख रुपैया“ सहयोग गरेको अध्यक्ष चन्द्र अर्यालले बताए । ‘गाउ“का बिद्यार्थीलाई लाखौं खर्चेर शहर खोज्दै जानु नपर्ने गरी पढाई र व्यवस्थापनको कुरा आएपछि सहयोग गरेका हु“’ नेपालीले भने, ‘बिद्यालय तहमा पनि शिक्षकका लागि सहयोग गरेको छु ।’ उनले शुन्य दरबन्दीमा चलेका बिद्यालयमा ५१ जना शिक्षक व्यक्तिगत खर्चमा नियुक्ती दिएर पढाउने व्यवस्था गराएका छन् ।
उनीहरुलाई प्राथमिक तहको सरकारी शिक्षक बराबर तलब पनि दिएका छन् । कक्षा १ देखि ३ सम्म चलेका विद्यालयलाई दुइ जना, १ देखि ५ सम्म चलेको लाई ३ जना र मावि संचालन भएकोलाई ४ शिक्षक दरबन्दी दिने नगरपालिकाको निर्णयमा नेपालीले एकल खर्चमा शिक्षक नियुक्ती दिएका हुन् । कुल डेढसय शिक्षक आवस्यक पर्नेमा उनले एकतिहाई शिक्षकको तलब दिएको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । नगरभित्र ४४ वटा विद्यालय छन् ।
नेपालीले आर्थिक अबस्था कमजोर भएका, दलीत, अपांग र एकल महिलालाई निशुल्क यातायातको व्यवस्था गराउने घोषणा गरेका छन् । बुर्तिवाङ देखि पोखरा सम्म उपचारको क्रममा यात्रा गर्न बाध्यलाई निशुल्क सेवा दिनका लागि सबै वडाबाट लक्षित समुदायको परिचयपत्र बनाउने काम थालेको उनले बताए ।
‘सबै वडामा बिपन्न, अपांग, एकल महिला लगायतको सूचक झल्कने परिचयपत्र बनाउने क्रममा छौं’ पोखरेलले भने, ‘तयार भएपछि निशुल्क सेवाको थालनी हुनेछ ।’ नेपालीले एकल खर्चमै बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स पनि खरिद गरिदिएका छन् । कार्यविधि बनाएर एम्बुलेन्स संचालन तयारी भैरहेको छ ।
यतिधेरै सहयोग गर्ने उनको सम्पत्तिको श्रोतबारे टिकाटिप्पणी भएपछि उनले पत्रकार सम्मेलनमै स्पष्टीकरण दिएका छन् । ‘एकछाक भात खान दशै कुर्ने परिवारको मैले १३ बर्षको उमेरदेखि गरेको मेहेनतले करोडपति भएको हु“’ उनले भने, ‘नगरप्रमुख हुनु अघि ठेक्कापट्टा, होलसेल व्यपार र रियलस्टेटको व्यपार मेरो आम्दानीको श्रोत हो ।’
अहिले मासिक लाखौं कमाई हुने घरभाडाबाट पनि सामाजिक क्षेत्रमा सहयोग गरेको उनले दावी गरे । सम्पत्तिशुद्धिकरण बिभागले पनि उनको अर्वौको रकम बैध ठह¥याएपछि सोही अनुसारको कर तिरिरहेको दावी गरे । बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली । उनले सरकारी तलबभत्ता लिएका छैनन् । व्यक्तिगत सवारी चढ्ने नेपालीले लाखौं रकम दान दिइरहेका छन् ।



















































































































































































































