१२ कार्तिक २०८३, बुधबार

 

युवाहरु आशावादी हुनु पर्छ – सांसद सापकोटा

युवाहरु देश विकासको शक्ति भएकोले आशावादी ढंगले युवाहरु अगाडि बढ्नु पर्ने सांसद ईन्द्रलाल सापकोटाले बताए ।उनले सो कुरा बागलुड जेसीजको पदस्थापन कार्यक्रममा  व्यक्त गरेका हुन ।हामीले सकरात्मक सोच राखेर अगाडि बढ्नु पर्छ ।

आलोचनामा समय खर्चनुभन्दा स्वच्छ बहस गर्ने ,मेहनत गर्ने र काम गरेर परिणाम दिने बेला आएको सांसद सापकोटाले बताए ।सापकोटाले जेसीज जिम्मेवार युवाहरुको संस्था भएकोले सबै युवाहरुलाई मार्ग निर्देशन गर्ने खालको गतिविधि गरेर देशको सेवा गर्न आब्हान गरे ।

पदस्थापन कार्यक्रममा सम्मानित बागलुड जेसीजको पुर्व अध्यक्ष सुरेश प्रसाद श्रेष्ठ ,प्रगति स्मृति कोषको संरक्षक डा कृष्णबहादुर श्रेष्ठ ,बागलुड उपभोक्ता मंचको अध्यक्ष शैलेन्द्र कुृमार श्रेष्ठ ,नेपाल भाषा मंका खल बागलुडको अध्यक्ष मुकेशचन्द्र राजभण्डारी ,नेपाल पत्रकार महासंघ बागलुडको अध्यक्ष दिल शिरिष ,म्याग्दी जेसीजको अध्यक्ष कमल विश्वकर्मा ,पर्वत जेसीजको अध्यक्ष मोहन आचार्य ,बागलुड जेसीजको निर्वतमान अध्यक्ष लालकुमारी बस्नेत अम्बिका र नेपाल जेसीजको पुर्व अध्यक्ष धनन्जय श्रेष्ठले बागलुड जेसीजको नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

र्वतमान अध्यक्ष अम्बिका बस्नेतले नवनिर्वाचित अध्यक्ष एन्जिल शाक्यलाई सपथ खुवाएका यिए ।त्यसै गरी अध्यक्ष एन्जिल शाक्यले कार्य समितिका सदस्यहरुलाई सपथ खुवाएका थिए । कार्यक्रमको अध्यक्षता अध्यक्ष एन्जिल शाक्य ,स्वागत पुर्व अध्यक्ष जोन बज्राचार्य र संचालन पुर्व अध्यक्ष सुदिप राजभण्डारी र सौरभ श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा उतकृष्ट नवप्रवेशीमा गणेश महतो ,सर्वाधिक उपस्थितिमा सौगात खड्का, उत्कृष्ट संलग्नतामा सुशान्त कृष्ण श्रेष्ठ ,मोहन माया अवार्डबाट एन्जिल शाक्य ,उत्कृष्ठ योजनामा बलबहादुर थापा ,हरि लक्ष्मी नारायण प्रसाद श्रेष्ठ अवार्डबाट अम्बिका बस्नेत र पुर्णतारा अवार्डबाट पुर्व अध्यक्ष सुरेश प्रसाद श्रेष्ठ सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung