१२ कार्तिक २०८३, बुधबार

 

जीपको ठक्करबाट एक महिला गम्भीर घाइते, हेलिकप्टरमार्फत काठमाण्डौ लगियो

बागलुङ । बागलुङ बजारको हल्लन चोकमा जीपको ठक्करबाट एक महिला गम्भीर घाईते भएकी छिन् । बागलुङदेखि पोखराका लागि छुटेको ग १ ज ५२९९ नम्बरको जीपले ठक्कर दिँदा बानपा–३ कि बर्ष २६ कि ज्योती सापकोटा गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ । प्रभुबैंकको बागलुङ शाखामा काम गर्ने सापकोटा बिहान ९ः४० बजेको समयमा कार्यालय जाँदै गर्दा जिपले ठक्कर दिएको थियो ।

ठक्कर दिने जीप र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर भएका कारण डाइनेष्टिक हेलिकप्टर मार्फत काठमाण्डौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung