बागलुङ । जीपको ठक्करबाट गम्भीर घाइते भएकी बागलुङकी ज्योति सापकोटाको स्वास्थ्यमा सुधार भएको छ ।
शिक्षण अस्पताल महाराजगंज काठमाण्डौंमा आइसियूमा उपचारत उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकहरुले उनलाई जनरल वार्डमा सार्ने भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
अहिले स्वास्थ्य अवस्था खतरामुक्त छ । न्युरो डाक्टर मोहनराज शर्मा र डा. दिपक शर्माले उपचार गरिरहनुभएको छ । स्वास्थयमा सुधार आएका कारण आज जनरल वार्डमा सार्ने तयारी भइरहेकाे छ उनका काका पोषक सापकोटाले नयाँ विश्वलाई भने ।
बागलुङदेखि पोखराका लागि छुटेको ग १ ज ५२९९ नम्बरको जिपले उनलाई ठक्कर दिएको थियो । उनी प्रभुबैंकको बागलुङ शाखामा काम गर्थिन ।



















































































































































































































