१२ कार्तिक २०८३, बुधबार

 

पर्वत र बागलुङमा नेविसंघले गर्यो प्रधानमन्त्रीको पुत्ला दहन

बागलुङ । बागलुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।

जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै प्रर्दशनमा उत्रेको नेपाल विद्यार्थी संघले धौलागिरी वहुमुखी क्याम्पसवाट विरोध जुलुस निकाल्दै धौलागिरी चोकमा पुगेपछि पुत्ला जलाएको हो ।

गत शुक्रबार नेपाली काँग्रेसको अवरोधका बीच प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि त्यसको विरोध गर्दै नेविसंघले सडक संघर्षलाई तीव्रता दिएको हो।

पछिल्लो समय मुलुकका भएका अपराधिक घटनाहरुको छानबिन सरकारले गर्न नसकेको भन्दै उनीहरुले विरोध गरेको बताएका छन् । विभिन्न ठाउँमा भएका बलात्कार र हत्याजस्ता जघन्य अपराधमा संलग्न रहेकाहरुलाई कारबाही गर्न नसकेर्को एवं सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खडक थापाले वताउनुभयो ।

यता पर्वतमा पनि नेविसंघले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । शिवालयचोकमा नेविसंघका युवाहरुले पुत्लाको मुर्दा बनाएर शिवालयचोकमा जलाएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले पुत्ला दहन रोक्नका लागि प्रयास गरेपनि त्यो असफल बन्यो । पुत्या दलनपछि भने प्रहरीले आगो निभ्याउने प्रयास गरेको थियो । सरकारको गतिविधि राष्ट्रहित भएका कारण आफूहरुले पुत्ला दहन गर्नुपरेको नेविसंघ गुप्तेश्वरका शिशिर शर्माले बताए । नेविसंघले सरकारविरुद्ध नाराबाजी समेत लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung