पर्वत । पर्वत र बागलुङका विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला ललितपुर साविक वडीखेल गाविस वडा न. २ हाल गोदावरी नगरपालिका वडा न. ४ वस्ने वर्ष ४० का सन्तोष न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय पर्वतले गोरखाबाट पक्राउ गरेको हो ।
जिल्ला पर्वत फलेवास नगरपालिका तथा वाग्लुङ जिल्लामा समेत गई आफू सिर्जनशिल अन्धा अपाङग प्रवर्धन केन्द्र शाखा कार्यालय पोखरा सिद्धार्थ चोकको मेनेजिङ्ग डाईरेक्टर हो भन्दै जागरिक लगाइदिने र विनाव्याज पैसा सहयोग गर्ने आश्वासन दिलाइएर ठग्ने गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले उनलाई गोरखा प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।
उनलाई गोरखा नगरपालिका ६ हरमटारी चोक स्थित होटल मिराकलको कोठा नम्वर २०२ बाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत पर्वतबाट ठगी सम्वन्धी कसुर मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।



















































































































































































































