१२ कार्तिक २०८३, बुधबार

 

बागलुङ ५ होटल तथा रेष्टुरेन्टलाई सरकारी मान्यता, कुन कुन परे ?

बागलुङ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले यहाँका पाँच वटा होटल तथा रेष्टुरेन्टलाई गुणस्तर कार्ड प्रदान गरेको छ ।

कार्यालयले होटल तथा रेष्टुरेन्टहरुले सञ्चालन गर्ने सेवाहरुमा बिभिन्न ५० वटा सुचकमा गरिएको मुल्याङ्कनका आधारमा ५ वटा होटल तथा रेष्टुरेन्टले पुरा गरेको पाइएपछि उनीहरुलाई राज्यबाट नै कार्ड प्रदान गरी खाना, बस्न योग्य भएको मान्यताको प्रमाणपत्र दिइएको हो ।

पहिलो चरणमा फाराम भरेका बागलुङका पाँच वटा होटल रेष्टुरेन्टमध्ये गोविन्दाज शाकाहारी भोजनालय, होटल हिलभ्यू र होटल शितल पार्टि प्यालेस, होटल पिस प्यालेस र होटल दि राजनलाई सरकारी नीति नियम पुरा गरेको आधारमा कार्ड वितरण गरिएको हो ।

होटल तथा रेष्टुरेन्टमा रहेका खाद्यबस्तुको सरसफाईदेखि कामदारको तालिम सम्मका सूचकहरुको निर्धारण गरेर मुल्यांकन गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले गुणस्तरीय सेवा प्रदान गर्नेलाई प्रोत्साहन र हेलचक्राईं गर्नेलाई कारवाही गर्नका लागि गुणस्तर कार्डले सहयोग पुग्ने बताए ।

यो कार्ड प्राप्त गर्नका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालयले तोकेको ढाँचामा फाराम भर्नुपर्ने र त्यसपछि कार्यालयले सूचकको आधारमा अनुगमन गर्ने व्यवस्था छ । कार्यलयको अनुगमनपछि मात्रै व्यवसायीलाई कार्ड वितरण गरिने कार्यालय प्रमुख केदार पौडेलले बताए ।

केही महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कार्यालयले अनुगमन, नियन्त्रण र कारवाहीका कामहरुलाई तिब्रता दिएको जनाएको छ । अन्य होटल तथा रेष्टुरेष्टहरुलाई पनि प्रकृया पुरा गरेर फाराम भरी गुस्तरको कार्ड लिन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung