१२ कार्तिक २०८३, बुधबार

 

वलेवामा फेरि जहाज संचालनमा आउछ – नगरप्रमुख

बागलुङ । बागलुङ गरपालिकाका मेयर जनकराज पौडेलले बागलुङ नगरपालिका भित्र बिकास निर्माणले बिस्तारै गतिलिइरहेको बताएका छन् ।नगरको विकासले गति लिन नसकेको र अझै पनि नगरसँग वडा कार्यालयहरुको प्राप्तमात्रमा कनेन्सन हुन नसकेको गुनासो आइरहेको बेलामा मेयरले यस्तो बताएका हुन् ।

नगरपालिकाको विकासको लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै वडा अध्यक्ष आन्दोलित भएका थिए । नगरपालिकामा तालाबन्दी गरेर मेयरको कार्य शैलीको विरोध गरेका थिए । आवश्यक बजेटदेखि नीतिगत रुपमा नै वडा अध्यक्षहरुले खोट देखाएका थिए ।

धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको  १८ औं साक्षात्कारमा मेयर पौडेलल नगरभित्र रहेको खानेपानीको समस्या समाधान गर्नको लागि नयाँ नयाँ योजना आएको हुदाँ अब नगर क्षेत्रमा खानेपानीको समस्या नहुने बताए ।बसपार्क बनाउने काम पनि अगाडि बढिसकेको नगर क्षेत्रमा ढल बनाउनको लागि समेत पहल भएको नगर प्रमुख पौडेलले बताए ।

जहाज फेरी चल्छ
बागलुङको बलेवा एअरपोर्टमा नियमितरूपमा हवाई सेवा संचालन गर्न नेपाल वायुसेवा निगम संग नगरपालिकाको तर्फबाट पहल भइरहेको अब नगरपालिकाले क्षतिपूर्ति नतिर्ने गरि हवाई सेवा संचालन हुने नगर प्रमुख पौडेलले स्पष्ट पारे । बागलुङ उद्योग बाणिज्य संघ र बागलुङ नगरपालिका बिच ब्यबसाय कर संकलन गरि त्यसको ३० प्रतिशत रकम दुई संस्था बिच सहमति भए बमोजिम नै खर्च हुने पौडेलले स्पष्ट पारे ।

करको बिषयमा बिबाद नरहेको मात्रै यसलाई चुनावी मुद्दा बनाउने काम गरेको हुदाँ मात्रै यो बिबाद देखिएको पौडेलले बताए । बागलुङ नगरपालिकाले लक्ष्य अनुसार कर संकलन पनि गरिरहेको गत बर्षको तुलनामा यो बर्ष राम्रो कर संकलन भएको बताए ।

धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रम संचालन क्लबका सचिव प्रदीप पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung