१२ कार्तिक २०८३, बुधबार

 

पोखरा बागलुङ्ग सडकखण्ड खुल्यो

पर्वत । पोखरा बागलुङ मध्यपहाडी राजमार्ग भोली विहानदेखि नियमित रुपमा सूचारु हुने भएको छ । पुस १२ गतेदेखि बन्द रहेको सडकखण्ड भोली विहानदेखि नै नियमित रुपमा संचालनमा आउने भएको छ ।

सडक फराकिलो र स्तरउन्नतीका लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड दैनिक ६ घण्टा बन्द गरिदै आएको थियो ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने कास्की र पर्वतको सिमाना अँधेरीखोलादेखि डिमुवाबजार सम्म दैनिक ६ घण्टा बन्द गरिएको थियो । बिहान १० बजे देखि साँझ ४ बजे सम्म सडक बन्द भएपछि यात्रुहरुले सास्ती खेप्दै आएका थिए । पहरो पत्काउने काम सकिएकाले बाटो खुला गरिएको हो ।

पुस १२ गतेदेखि बन्द भएको सडकखण्ड एक महिनाभन्दा बढी समय ठप्प थियो । अब भने भोली (आइतबार) देखि नियमित रुपमा सूचनारु हुने निर्माण पक्षले जानकारी दिएको छ । सडकको स्तरोन्तीको लागि सडक अवरोध हुदाँ यात्रुले सास्ती खेप्दै आएका थिए भने सडक दुर्घटनाको जोखिम पनि बढेको थियो ।

डिमुवामा जाम पर्ने र दिनभरी सडकमै जाममा परिने भन्दै सवारी साधन तीब्र गतिमा चलाउँदा मालढुंगामा (माघ ३ गते) दुर्घटना भएको थियो । जहाँ ७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung