३२ असार २०८२, बुधबार

 

१२ प्रहरी एसपीको काज सरुवा, बागलुङमा कृष्णहरि शर्मा, को कहाँ (नामावलीसहित)

काठमाडौं– नेपाल प्रहरीका १२ एसपी (प्रहरी उपरीक्षक) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एसपी दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको रुपमा काज सरुवा गरिएको छ ।

यस्तै मुकेश कुमार सिंह मकवानपुर, गोपालचन्द्र भट्टराई सर्लाही, कुवेर कडायत सामाखुसीस्थित पहरागणमा सरुवा भएका छन् ।  कडायत यसअघि कञ्चनपुर प्रहरी प्रमुखको रुपमा कार्यरत थिए ।

यस्तै बागलुङ प्रहरी प्रमुखमा कृष्णहरी शर्मा काज सरुवा हुँदा योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, दीपक खरेल एक नम्बर गण महाराजगन्जमा सरुवा भएका छन् । खरेल यसअघि विशेष ब्यूरोमा कार्यरत थिए ।

यसैगरी एसपी केदार ढकाल महानगरीय अपराध महाशाखामा सरुवा भएका छन् । उनी  यसअघि रौतहट प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।

यस्तै कञ्चनपुर प्रहरी प्रमुखमा दिनेश आचार्य, रौतहट प्रहरी प्रमुखमा भूपेन्द्र खत्री, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दीपक रेग्मी र  दंगा नियन्त्रण गण हेटौंडामा ध्रुवराज राउत काज सरुवा भएको प्रधान कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung