२५ असार २०८२, बुधबार

 

मगर महोत्सवको उद्घाटन मुख्यमन्त्री गुरुङले गर्ने

पर्वत । यहि फागुन ७ देखि १५ गतेसम्म हुन लागेको मगर महोत्सवको उद्घाटन गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने भएका छन् ।

कुश्मामा रहेको पुन युवा क्लबको आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन मुख्यमन्त्रीले गर्ने आयोजकले जनाएको छ ।

पछिल्लो समय मगर साँस्कति तथा पहिचान लोप हुँदै जान थालेको भन्दै मगर संस्कृति तथा पहिचान संरक्षण गर्न कुश्मामा मगर समुदायहरुको लोक संस्कृति झल्कने संग्राहलय निर्माणको लागि महोत्सवको आयोजना गर्न लागिएको हो ।

पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनले कला सँस्कृतिको संरक्षण र सम्र्वद्धन गर्न मगर महोत्सवको आयोजना गरेको बताए । हरेक वर्ष मगर दिवसको अवसरमा पुन क्लबले मेलाको आयोजना गर्दै आइरहेको छ । यस वर्ष भने मगर महोत्सवको आयोजना गरि आर्थिक संकलन गर्ने र मगर संग्राहलय निर्माण गर्ने उद्देश्यका साथ महोत्सवका आयोजना गरिएको क्बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung