बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा आज साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । तीन जनाको शव भेटिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी, अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताउनुभयो ।
सडकदेखि करिव ७ सय मिटर तल खसेको जीपमा यतीनै मानवीय क्षति भएको एकिन हुन नसकेको अधिकारीको भनाई छ । घटनामा उद्दारको कार्य भइरहेको र वृस्तित विवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
१० जना घाइतेलाई उद्दार गरी धौलागिरि अञ्चल अस्पताल ल्याइदै गरेको प्रहरीले जनाएको छ ।



















































































































































































































