२२ असार २०८२, आईतवार

 

लाइसेन्स नभएका चालकले चलाउँदा छिस्तीमा जीप दुर्घटना

बागलुङ—जिल्लाको जैमिनी नगरपालिका वडा नं ८ छिस्तीमा चार जनाको ज्यान जाने गरी भएको दुर्घटनामा भएको जीप सिकारु चालकले गुडाएको भेटिएको छ । लाइसेन्स नभएका सिकारु चालकले चलाएको र जिपमा क्षमता भन्दा धेरै यात्रु भएको कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

जीप दुर्घटनामा जनकल्याण उच्च मावि छिस्तीकी लेखापाल तुलसी पुन , विद्यार्थीहरु प्रियंका पुन, एलिना पुन, ज्योती पुनको निधन भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते १० जनाको बागलुङ र पोखरामा उपचार भैरहेको छ । ध १ ज ७९१ नम्बरको पिकअप भ्यान १७ वर्षिय सिकारु चालक प्रविन पुनले चलाएको भेटिएको प्रहरीले जनाएको छ । जीपका मालिक छिस्तीकै नुरबहादुर पुन हुन ।

जीप पुनकै छोरा प्रविनले गुडाएका थिए । जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी र अभिभावक चढेका थिए । जीपमा करिब २० जना बढी सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung