१३ कार्तिक २०८३, बिहीबार

 

ताराखोला गाउँपालिकाले बनायो पंचवर्षिय आबधिक योजना

 पूर्णभद्र निउरे | ताराखोला ताराखोला गाउँपालिका को प्रथम पञ्च बर्षिय आबधिक योजना निर्माण सम्बन्धि गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

ताराखोला गाउँपालिका लाई आर्थिक बर्ष ०७५/७६ देखि आ ब ०८०/८१ सम्म मा विभिन्न क्षेत्र को बिकास का लागि तत्कालीन तथा दीर्घकालीन योजना निर्माण का लागि पहिलो चरण मा बिषय बिज्ञ को उपस्थिती मा सरोकार वाला हरु सङ्ग अन्तरक्रिया गरिएको प्रकाश घर्ती ले जानकारी दिनु भयो उहाले वडास्तर सम्म मा पुगेर विभिन्न चरण मा गरिने छलफल र अन्तरक्रिया ले ५ बर्ष भित्रमा ताराखोला गाउपालिका मा गरिने बिकास को खाका तयार पार्ने बताउनु भयो ।

ताराखोला गाउँपालिकाको आयोजना र जियोनेट कनेक्शन प्रा लि पोखरा को सहकार्य मा सम्पन्न गोष्ठी मा आबधिक योजनाको परिचय विधि , गाउपालिका को अपेक्षा , योजना को दीर्घ

कालीन प्रारुप तथा क्षेत्रगत बिकास आदिका बारेमा व्यापक छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रम को सहजीकरण जियोनेट कनेक्शन प्रा लि का परामर्शदाता हरु भुगोल तथा प्रकृतिक बिज्ञ प्राध्यापक डाक्टर कृष्ण के सि , आर्थिक क्षेत्र बिज्ञ प्राध्यापक डा लेखनाथ आचार्य ,सामाजिक क्षेत्र का बिज्ञ सह प्राध्यापक शेखरनाथ अधिकारी ,पुर्बाधार बिज्ञ सह प्राध्यापक नरेश पौडेल ले गर्नु भएको थियो ।

कार्यक्रममा ने पा का प्रतिनिधि मुकेश रोका , नेपाली काङ्ग्रेस का प्रतिनिधि डण्डपानी कडेल राष्ट्रिय जनमोर्चा का प्रतिनिधि तिर्थसिह थापा , ने क पा क्रान्तिकारी का प्रतिनिधि गोबिन्द परियार , प्रजातन्त्र बिकास मा बि का प्रधानाध्यापक भिम बहादुर रोका, गाउँ कार्यपालिका का सदस्य धन बहादुर बि क लगायत ले मन्तव्य राखेका थिय ।

गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम मा गाउँपालिका भित्र का जनप्रतिनिधि हरु, राजनैतिक दलका प्रतिनिधि , स्थानीय बुद्धिजिवि , शिक्षक, महिला ,दलित, युवा,जनजाती लगायका संजाल का प्रमुख तथा प्रतिनिधि हरुको उपस्थिति रहेको थियो। कार्यक्रम ताराखोला गाउँपालिका का अध्यक्ष प्रकाश घर्ती को अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषाल को संचालन र उपाध्यक्ष दिल कुमारी पुन रोका को स्वागत मा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung