देवी भट्टराईले आफनो छोराको पहिलो कमाईको रकमबाट ५ हजार ५ सय ५५ रुपैया बागलुडको मानव सेवा आश्रमलाई सहयोग गरेकी छिन ।धौलागिरि अंचल अस्पतालको नर्सिड अधिकृत देवी भट्टराईले अस्ट्रेलिया अध्ययन गर्न गएको छोरा रोहित भट्टराईको कमाईको केहि अंश छोराको जन्मदिनको अवसरमा आश्रमलाई सहयोग होस भनेर प्रदान गरेको नयाँ विश्वलाई बताउनु भयो । सबेको सहयोगबाट विपन्न वेसहारा नागरिकहरुलाई पारीवारिक वातावरणमा राख्न सहज भएको मानव सेवा आश्रमको संचालक शिव खड्काले बताए ।



















































































































































































































