१३ कार्तिक २०८३, बिहीबार

 

हेलिकोप्टर दुर्घटना : एकको शरीर डढेकाे अवस्थामा भेटियो

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको छ । काठमाडौंबाट ताप्लेजुङका लागि उडेको हेलिकोप्टर ताप्लेजुङको पाथीभारा मन्दिर नजिक ढुंगेडाँडामा दुर्घटना भएको हो ।

एयर डाइनोष्टीकको हेलिकोप्टर दुर्घटना भएको हो । स्थानीयका अनुसार हेलिकोप्टर टुक्रा -टुक्रा भएको अवस्थामा देखिएको  छ ।  हेलिकोप्टर दुर्घटना भएको स्थलमा एक जनाको शव जेलेको अवस्थामा भेटिएको  पनि स्थानीयले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung