१३ कार्तिक २०८३, बिहीबार

 

मन्त्री अधिकारीसहित अन्य ६ जनाकै निधन (अपडेट)

- मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । ताप्लेजुङको पाथिभरा नजिक भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको मृत्यु भएको छ ।

कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट बुधबार बिहान साढे ८ बजे उडेको थियो ।

मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, अर्जुन गुरुङ, विरेन्द्र कुमार श्रेष्ठ लगायत सवार थिए । हेलिकोप्टर क्यापटेन प्रभाकर केसीले उडाएका थिए ।

हेलिकोप्टर दुर्घटना पछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung