
काठमाडौं । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल जाने भएका छन् । सरकारले उनलाई अन्तिम श्रद्धाञ्जली दिन पोखरा पठाउने भएको हो ।
रक्षामन्त्री पोखरेलसँगै नेकपा नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पोखरा जाने छन् । रामघाटमा अन्त्यष्टि गर्नुअघि गौतम र श्रेष्ठले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनेछन् भने मन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाउने छन् ।
सरकारले मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान दिएको थियो । दिवंगत भएका सातै जनाको शव अन्तिम श्रद्धाञ्जलीको लागि टुडिँखेलमा राखिएको थियो ।
उनीहरुको पार्थिव शरिरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पुष्पगुच्छा अर्पण गरेका थिए । प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरिरलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका थिए । भने नेकपा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए ।