७ जेष्ठ २०८१, सोमबार

 

परिवारसँगै पोखरेलीको सपनाबीचमै टुट्यो – ६ तस्बिरहरु

- अलबिदा रवीन्द्र !

काठमाडौं – सबैको इच्छा हुन्छ, आफु भोकै रहेर भएपनि सन्तानलाइ मिठो मसिनो खुवाउने । जति ठूलो भएपनि बुबा आमाको नजरमा छोरा–छोरी सानै हुन्छ । देशले उदीयमान भनेर उपमा दिएको छोरालाई आफ्नै हातले अन्तिम श्रद्धाञ्जली दिँदाको पीडा आमालाई झनै कति होला ? शायद शब्दमा ब्यक्त गर्न सकिदैन् । सँगै जिउने सँगै मर्ने कसम खाएकी जीवन संगीनीको पीडा झनै कस्ले ब्यक्त गर्न सक्ला ।

देशको जिम्मेवारी बोकेका श्रीमान् दिनभरको दौडाहपछि सधै घर आउदांको अनुहार संझदा श्रीमतीलाई कति झलझली भैरहे होला । पीडा बीचमा पनि अन्तिम सत्यलाई स्वीकार्दै विद्याले दागबत्ती दिएको क्षण आफैमा पीडादायी रह्यो । आशु बगेपनि अब विद्याको पीडा भुल्नै नसक्ने छ । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारीको मृत्युले परिवारमात्र नभएर यतिबेला देश नै शोकमा डुबेकाे छ ।

शुक्रबार दिउँसो गृहनगर पोखराको नयाँ बजारस्थित प्रर्दशनी केन्द्रमा अन्तिम श्रद्धाञ्जली दिनेहरुको जनलहर नै उठेको थियो । अधिकारी मातापिताले छोरालाई अन्तिम श्रद्धाञ्जली दिँदा आमा लक्ष्मी र बाबु ईन्द्र सम्मालिएर श्रद्धाञ्जली दिएपनि भक्कानो थाम्न सकेनन् । परिवारजनको त्याने वदेनाको क्षण देख्नेलाई समेत कठिनाई भएकोअनुभूति गर्न सकिन्थ्यो । उपस्थित अधिकांस शुभचिन्तकका आँखामा आशु रसाएका थिए । उक्त क्षण तस्बीरमाः

प्रतिक्रिया दिनुहोस्