६ जेष्ठ २०८१, आईतवार

 

सरकारले पूर्वउपप्रधानमन्त्री अधिकारीलाई राजकीय सम्मान दिने

 नयां िवश्व

काठमाडाैं,१९ फागुन -नेकपाको नेता तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हाे ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए ।शनिबार राती ९ बजेर ३५ मिनेट जादा अधिकारीलाई चिकित्सकले मृत घोषित गरेको थियो ।

अधिकारी गत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचारत थिए । ८२ वर्षीय अधिकारीलाई मुटु, निमोनिया, श्वासप्रश्वास लगायतका रोगबाट ग्रसित भएपछि अस्पताल भर्ना गरिएको थियो ।नेता अधिकारी  कुशल अर्थमन्त्रीका रुपमा परिचित थिए । उनी विस २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए ।

आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम अधिकारी अर्थमन्त्री हुदा ल्याइएको थियो ।विस २०४६ सालमा सोभियता संघ र पूर्वी युरोपबाट कम्युनिष्ट व्यवस्था ढलेर विश्वव्यापी रुपमा कम्युष्टिलाई हेर्ने दृष्टिकोण नकरात्मक भएको बेला वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन गरेर जनधारणा परिर्वतन गर्न मद्दत पुगेको थियो । उक्त कार्य अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्