काठमाडौं । सेना दिवसमा टुँडिखेलमा प्यारासुट नखुलेपछि सेनाका पूर्णबहादुर भण्डारी अनियन्त्रित भएर खसेका हुन्। प्यारासुट जम्पिङका क्रममा राजधानीको टुँडिखेलमा ती सैनिक काठमाडौँ मल नजिकै फुटपाथमा खसेका हुन्। फ्रि फल गर्ने क्रममा सैनिक जवान घाइते भएका हुन्। उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
नेपाली सेनाका प्रवक्ता सहयाक रथी यामप्रसाद ढकालका अनुसार प्यारासुटमा भएको प्राविधिक गडबढीको कारण भण्डारी अनियन्त्रित भएर खसेका हुन्। सैनिक जवान भण्डारी खतरामुक्त रहेको सहयाक रथी ढकालले जानकारी दिएको छ ।भण्डारीलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ।

तस्बीर स्रोत : कान्तिपुर



















































































































































































































