२६ बैशाख २०८१, बुधबार

 

विप्लवको गाउँमा प्रहरीद्धारा छापा, हातहतियार र बिस्फोटक पदार्थ बरामद गरेको प्रहरी दाबी

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्दको कपिलवस्तुको शिवराज –९ स्थित गाउँबाट प्रहरीले केही हातहतियार र बिस्फोटक पदार्थ बरामद गरेको दाबी गरेको छ । प्रहरीका अनुसार छापा मार्ने क्रममा शिवराज नगरपालिका वडा नं ९ शिवगढी अञ्चलपूर स्थित नेकपा कार्यकर्ता दुर्गाबहादुर रोकाको घरबाट हातहतियार समेत फेला परेका छन् ।

प्रहरीले रोकाको एसएमजी २ थान, त्यसमा लाग्ने म्यागेजिन ३ वटा, त्यसका गोली ६८ थान, एन १६ हतियारका १ सय २९ वटा गोली, चाईनिज पेस्तोल १ थान, म्यागेजिन पेस्तोल २ थान, रिमोट १ थान, वायरिङ तार ४० मिटरलगायतका हतियार र बिस्फोटक सामग्री बरामद गरेको जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेताहरु पक्राउ गरेको बिरोधमा बिहिबार राप्ती बन्दको घोषणा गरेको छ । नेकपाका राप्ती व्युरो इञ्चार्ज केशबहादुर बाठा ‘सुवास’ले बुधवार एक विज्ञप्ती जारी गर्दै फागुण २३ गते राप्ती बन्दको घोषणा गरेपछि दाङको सिमा क्षेत्रसँग जोडिएको गाँउमा प्रहरीले छापा मारेको हो । प्रहरीले स्थानीयको घरमा छापा मार्नै क्रममा प्रतिकार हुँदा प्रतिरक्षाका लागि प्रहरीले गोला चलाउँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी एक सर्मथक घाइते भएका छन् । कपिलवस्तुका प्रहरी प्रमुख अच्युतमप्रसाद पुडासैनीले भने – सुचनाका आधारमा त्यस क्षेत्रमा छापा मारिएको हो ।

प्रहरीले अञ्चलपुर, तुरुन्तपुर लगायतका गाँउमा हतियार भण्डारण तथा ओसार पसार भएको सुचनाका आधारमा आक्समिक रुपमा छापा मारेको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वमा गएका ३ टोलीले सुचनाका आधारमा ती गाँउका एक दर्जन बासिन्दाका घरमा छापा मार्न सफल भएको छ ।

विप्लवका आफन्त यादव चन्दको घरमा प्रहरीको विशेष टोलीले बिहीबार बिहान सर्च अपरेशन गर्दा स्थिती असमान्य बनेको थियो । प्रहरीले छापा मार्ने क्रममा गर्दै गर्दा स्थानीय बासिन्दा प्रतिकारमा समेत उत्रिएका थिए । त्यस बखत प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको जानकारी प्राप्त भएको छ । बिहीबार बिहान ३ बजे पूर्व पश्चिम राजमार्गभन्दा ३ किलोमिटर दक्षिणमा रहेको शिवगढी गाउँमा पुगेको प्रहरी टोलीले घेरा हालेर स्थानीय घरहरुमा छापा मारेको थियो ।

शिवगढी गाउँमा विप्लवको आधार ईलाका रहेको र हतियार समेत निर्माण गर्ने थलोका रुपमा प्रहरीले यसअघिदेखि नै निगरानी बढाएको छ । प्रहरीले विप्लवका अरु धेरै नेता र कार्यकर्तालाई सोधपुछ गर्नै क्रममा स्थानीय बिद्यालयका एक शिक्षकलाई समेत हिरासतमा लिन खोजेपछि विद्यालयका विद्यार्थीहरुले विरोध गरेका थिए । स्थानीयको बिरोध र नाराबाजी पछि सशस्त्र प्रहरी र नेपाल प्रहरी टोली घटनास्थलबाट फिर्ता भएको जानकारी आएको छ । उक्त क्षेत्र ०५२ सालमा माओबादीले जनयुद्ध गर्दा हतियार प्रवेश गराउने नाका बनेको थियो । विप्लवको घर पनि त्यही रहेकोले त्यसक्षेत्रमा जिल्लमा अन्य क्षेत्रका तुलनामा उनकाे प्रभाव बढी छ ।

प्रतिक्रिया दिनुहोस्