रियल मड्रिडले सान्टियागो सोलारीलाइ पदमुक्त गरी जिनेदिन जिदानलाइ नियुक्त गर्ने निर्णय गरेको छ।
“रियल मड्रिड वोर्ड् अफ डिरेक्टरको आज सोमबार ११ मार्च, २०१९ को बैठकले सान्टियागो सोलारीको पहिलो टिम कोचको रुपमा रहेको अनुबन्धन समाप्त गर्ने निर्णय गरेको छ।”
”वोर्ड अफडिरेक्टरले रियल मड्रिडको नयाँ कोचको रुपमा तत्काल बाकिँ सिजनका लागि र अर्को तीन सिजन ३० जुन २०२२ सम्मको लागि जिनेदिन जिदानको नियुक्तिमा पनि सहमति गरेको छ।” क्लबको आधिकारीक वेबसाइटमा प्रकाशित बयानमा भनिएको छ।

जिदानले गत साल मे मा रियल छाड्नुपुर्व लगातार तीन सिजन च्याम्पियन्स लिग उपाधि जिताएका थिए। जिदान पछि रियलको जिम्मेवारी स्पेनका पुर्व प्रशिक्षक जुलेन लोपेटेगुइले सम्हालेका थिए तर अक्टोबरमा उनलाइ क्लबले पदमुक्त गरेर सोलारिलाइ नयाँ म्यानेजरको रुपमा नियुक्त गरेको थियो।
जिदान पहिलो पटक रियलको म्यानेजरको रुपमा जनवरी २०१६ मा नियुक्त्त भएका थिए र उनी तीन सिजन लगातार च्याम्पियन्स लिग जित्ने इतिहासकै पहिलो म्यानेजर बनेका थिए।








































































































































































































