७ जेष्ठ २०८१, सोमबार

 

जन्ती सवार बस दुर्घटना, २ जनाको मृत्यु

 

काठमाडौं । मकवानपुरमा जन्तीसवार बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै हिँडेको जिल्ला प्रहरी कार्यालयबाट डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको छ । अहिले उद्दारको कार्य चलिरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्